एनपीएलः सुदूरपश्चिमको उत्कृष्ट बलिङले जनकपुर संकटमा

एनपीएलः सुदूरपश्चिमको उत्कृष्ट बलिङले जनकपुर संकटमा

केन्द्रबिन्दु
15
Shares

कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको खेलमा सुदूर पश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले कमजोर सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको जनकपुरले पावरप्लेको समाप्तिमा महत्त्वपूर्ण ३ विकेट गुमाउँदै संकटको सामना गरिरहेको छ।

ताजा स्कोरअनुसार जनकपुर बोल्ट्सले ६ ओभरमा ३ विकेट गुमाउँदै ३५ रन बनाएको छ। सुदूर पश्चिमका बलर स्कट कुग्गेलेइन र दीपेन्द्र सिंह ऐरीले सुरुवाती ओभरमा कसिलो बलिङ गर्दै जनकपुरका शीर्षक्रमका ब्याट्सम्यानहरूलाई धराशायी पारेका छन्।

ओपनर आसिफ शेख र मायान यादव दुवैलाई सुदूर पश्चिमका अनुभवी विदेशी खेलाडी स्कट कुग्गेलेइनले पेभिलियन फर्काए। आसिफ शेख शून्यमा आउट भए भने मायान यादवले ६ रन मात्र बनाउन सके।

जनकपुरका अर्का ओपनर माज सदाकत १२ रन बनाएर कप्तान दीपेन्द्र सिंह ऐरीको शिकार बने। यसक्रममा नामिबियाका ब्याट्सम्यान जन निकोल लोफ्टी-ईटनले १६ रन बनाएर क्रिजमा टिकिरहेका छन्।

Skip This
Skip This
Logo