ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि सुरु भएको कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकपको सेमिफाइनलमा मैवाखोला गाउँपालिका प्रवेश गरेको छ । आज भएको अन्तरपालिकास्तरीय प्रतियोगिताको पहिलो खेलमा सिरिजङ्गा गाउँपालिकालाई २–० गोलले पराजित गर्दै मैवाखोला सेमिफाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनल प्रवेशका लागि नानुमा लिम्बू र बिर्सना लिम्बूले एक–एक गोल गरेका छन् । योसँगै बिर्सना पहिलो खेलको ‘म्यान अफ दी म्याच’ बनेकी छिन् । आठ टोली सहभागी प्रतियोगिताको दोस्रो खेलमा आइतबार पाथीभरा याङवरक गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नामका अवसरमा आयोजित प्रतियोगिता यही मङ्सिर २० गते सम्पन्न हुने चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्रकुमार थेबेले बताए । प्रतियोगिताको विजेताले ट्रफीसहित रु दुई लाख दुई हजार ८२ र उपविजेताले रु एक लाख दुई हजार ८२ नगदसहित पुरस्कार पाउने समितिका कोषाध्यक्ष कुलदीप मादेनले जानकारी दिए ।





























प्रतिक्रिया