चेल्सीसँग रोकियो आर्सनल

चेल्सीसँग रोकियो आर्सनल

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । इंग्लिश प्रिमियर लिग अन्तर्गत लन्डन डर्बीमा १० खेलाडीमा सीमित भएको चेल्सीले लिग लिडर आर्सनललाई १-१ को बराबरीमा रोक्दै महत्वपूर्ण अंक खोसेको छ।

खेलको पहिलो हाफको अन्त्यतिर ३८औं मिनेटमा चेल्सीका मोइसेस काईसेडोले रातो कार्ड पाएपछि चेल्सी बाँकी समय १० जनामै सीमित भएको थियो। काइसेडोले आर्सनलका मिकेल मेरिनोलाई खराब ट्याकल गरेपछि रेफ्रीले भिएआरको सहयोगमा उनलाई सीधा रातो कार्ड देखाएका थिए।

यसका बावजुद चेल्सीले ४८औं मिनेटमा ट्रेभोह चालोबाह को गोलमार्फत अग्रता लियो। तर, आर्सनलका लागि मिकेल मेरिनो ले ५९औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

रातो कार्डका कारण १० जनामा समेटिएको चेल्सीले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको आर्सनललाई बराबरीमा रोक्न सफल भयो। यस बराबरीसँगै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ।

Skip This
Skip This
Logo