काठमाडौं । जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले दिएकाे १ सय ७७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सले आक्रामक सुरुवात गरेको छ।
हाल ६ ओभरको समाप्तिमा जनकपुर बोल्ट्सले १ विकेट गुमाउँदै ६६ रन बनाएको छ। टोलीलाई अब जितका लागि बाँकी ८२ बलमा १११ रन आवश्यक रहेको छ।
बोल्ट्सका लागि ओपनर माअज सदाकतले १५ बलमा २७ रन प्रहार गर्दै आफ्नो आक्रामक लय कायमै राखेका छन्। साथै, क्रिजमा रहेका अर्का ब्याट्सम्यान अनिल साह पनि केवल ४ बलमा १२ रन बनाएर उच्च स्ट्राइक रेटमा खेलिरहेका छन्।
टोलीको पहिलो विकेट ४५ रनको योगफलमा पतन भएको थियो। ओपनर आसिफ शेख १८ रन बनाएर कमल ऐरीको बलमा आउट भएका थिए।
जनकपुर बोल्ट्ससँग अब निकोल लोफ्टी-इटन, सञ्जय कृष्णमूर्ति, वेन पार्नेलजस्ता महत्त्वपूर्ण ब्याट्सम्यानहरू आउन बाँकी छन्, जसले गर्दा यो खेल अन्तिमसम्म रोमाञ्चक हुने देखिन्छ।





























प्रतिक्रिया