लुम्बिनीविरुद्ध विराटनगरको निराशाजनक सुरुवात, फाफ डु १२ रनमै आउट

लुम्बिनीविरुद्ध विराटनगरको निराशाजनक सुरुवात, फाफ डु १२ रनमै आउट

केन्द्रबिन्दु
27
Shares

कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्न उत्रिएको विराटनगर किङ्ग्सले सुरुवात निकै निराशाजनक गरेकाे छ।

लुम्बिनीले टस जितेर पहिले फिल्डिङ राेजेपछि कीर्तिपुर मैदानमा ब्याटिङ गर्न उत्रिएको विराटनगर किङ्ग्सले सुरुवाती ३ ओभरको समाप्तिमा २ विकेट गुमाएर मात्र १५ रन जोडेको हाे ।

ओपनर जर्ज मुन्से शून्यमा शेर मल्लको बलमा एलबीडब्लू आउट भएर पभेलियन फर्किए। अर्का अनुभवी ब्याटर फाफ डु प्लेसिसले ९ बलमा केही आक्रामक सट खेल्दै १२ रन बनाए पनि अभिषेश गौतमको बलमा स्टम्पिङ आउट हुन पुगे।

Skip This
Skip This
Logo