कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुर मैदानमा भइरहेको २३औं खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध खराब सुरुवात गरेको छ । पोखराका तीव्र गतिका बलर धनाञ्जय लक्षनको उत्कृष्ट प्रदर्शनपछि काठमाडौंले पावरप्लेमै दुई महत्वपूर्ण विकेट गुमाएको हाे ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गोर्खाजले सुरुवाती ६ ओभरमा २ विकेट गुमाएर मात्र ३२ रन बनाएको छ । गोर्खाजका लागि ओपनिङ गर्न आएका आकाश त्रिपाठी शून्य रनमा आउट भए भने अर्का ब्याटर राशिद खान ७ रन बनाएर पवेलियन फर्किए।
पोखरा एभेन्जर्सका बलर धनाञ्जय लक्षनले आफ्नो पहिलो स्पेलमै धारिलो बलिङ गर्दै २ विकेट लिएका छन्।
हाल बेन चार्ल्सवर्थ १९ रन र मिलिन्द कुमार १ रन बनाएर क्रिजमा छन्।





























प्रतिक्रिया