काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लिग चरणको २५औँ खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सका नयाँ कप्तान जान निकाेल लफ्टी इटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
यसअघिका दुई खेलमा वायन पार्नेलले कप्तानी गरेका थिए । त्यसअघि जनकपुरको कप्तान अनिलकुमार साह थिए । तर खराब प्रदर्शनपछि उनलाई कप्तानको जिम्मेवारी दिइएको छैन।
यदि आज लुम्बिनी लायन्स विजयी भयो भने लुम्बिनी आठ अङ्कसहित स्वतः प्लेअफमा पुग्नेछ । यदि लुम्बिनी लायन्स पराजित भयो भने, प्लेअफका लागि जनकपुर बोल्ट्स, पोखरा एभेञ्जर्स र चितवन राइनोजको सम्भावना कायमै रहनेछ । कर्णाली याक्स भने यसअघि नै प्लेअफको दौडबाट बाहिर गइसकेको छ ।
लुम्बिनीविरुद्धको आजको खेल जनकपुरले जितेको अवस्थामा उसले कर्णाली याक्सलाई आफ्नो अन्तिम खेलमा पराजित गर्नुपर्ने छभने पोखरा र चितवनका लागि आफ्नो अन्तिम खेल नकआउट हुनेछ । जनकपुरले आज र आइतबारको खेलमा जित निकालेको अवस्थामा उसले पोखरा र चितवनबीच हुने खेलको विजेतासँग रनरेटमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।





























प्रतिक्रिया