जनकपुरको चलेन ब्याटिङ, जितका लागि लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

जनकपुरको चलेन ब्याटिङ, जितका लागि लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को २५औं खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको एक मात्र खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन जोडेको हो ।

जनकपुर बोल्ट्सको सुरुवात निकै खराब रह्यो। सुरुवाती १३.३ ओभरमा मात्र ८३ रन जोड्दा टोलीले महत्वपूर्ण ६ विकेट गुमाइसकेको थियो। लुम्बिनीका कप्तान रोहित पौडेलले एकै ओभरमा दुई महत्त्वपूर्ण विकेट लिएर जनकपुरलाई ठूलो दबाबमा ल्याएका थिए।

यसपछि, सातौँ विकेटका लागि सङ्गीत कूर्रे र मायन यादवले उत्कृष्ट साझेदारी गर्दै टोलीको सम्मानजनक स्कोर बनाए। सङ्गीतले मात्र ३८ बलमा ४५ रनको नटआउट इनिङ्स खेल्दै टोलीको स्कोर उकासे।

मायन यादवले २३ बलमा २७ रन बनाएर कूर्रेलाई राम्रो साथ दिए। साथै टोलीका लागि आसिफ शेखले २० रनको योगदान दिए।

लुम्बिनी लायन्सका बलरहरूले जनकपुरका ब्याटरलाई खुलेर खेल्ने मौका दिएनन्।
कप्तान रोहित पौडेल र शेर मल्लले समान २/२ विकेट लिए। साथै रुबेन ट्रम्पेल्म्यान र जे.जे. स्मिथले १-१ विकेट हात पारे।

प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्नका लागि लुम्बिनीले यो लक्ष्य भेट्टाउनैपर्ने दबाब छ। जनकपुरको लक्ष्य भने लुम्बिनीलाई कम स्कोरमा रोकेर लिगमा आफ्नो दोस्रो जित दर्ता गर्ने हुनेछ।

Skip This
Skip This
Logo