बिराटनगरविरुद्ध सुदूरपश्चिमलाई पहिलो झट्का, भण्डारी आउट

बिराटनगरविरुद्ध सुदूरपश्चिमलाई पहिलो झट्का, भण्डारी आउट

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले बिराटनगर किंग्स विरुद्ध ब्याटिङ सुरु गरेको छ। टस जितेर बिराटनगरले पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो।

आज किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको २६औँ खेलमा सुदूरपश्चिम रोयल्सले आफ्नो इनिङ्सको पहिलो चार ओभरमा संयमित सुरुवात गर्दै १ विकेटको क्षतिमा २५ रन बनाएको छ।

ओपनर बिनोद भण्डारीले १५ बलमा १ चौका र ३ छक्काको मद्दतले महत्त्वपूर्ण १५ रन जोड्दै टोलीलाई प्रारम्भिक आधार दिए। उनी बासिर अहमदको बलमा आउट भएका छन् ।

हाल जोश ब्राउन १० बलमा ९ रनसहित क्रिजमा छन्।

बिराटनगरका बलर बासिर अहमदले उत्कृष्ट सुरुवात गर्दै २ ओभरमा मात्र ३ रन खर्चेर १ विकेट लिएका छन्। अन्य बलरमध्ये सूर्य तामाङले १ ओभरमा १० रन र मार्केन्ट डे लाङ्गेले १ ओभरमा १२ रन दिएका छन्।

Logo