काठमाडाैं । जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले बिराटनगर किंग्सविरुद्ध मध्य गतिमा रन बटुलिरहेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १० ओभरको समाप्तीमा २ विकेट गुमाएर ५४ रन बनाएको हाे । टोलीको वर्तमान रनरेट ५.४१ रहेको छ। सुदूरपश्चिम रोयल्सले ४२ रनको योगफलमा महत्त्वपूर्ण दोस्रो विकेट गुमाएको थियाे ।
ओपनर जोस ब्राउन २४ बलमा १ चौका र २ छक्कासहित २४ रन बनाएर ७.६ ओभरमा आउट भए। उनलाई बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले क्याच आउट गराएका हुन् ।
हाल क्रिजमा ब्याटिङ गरिरहेका ईशान पाण्डे र आरिफ शेखले इनिङ्स सम्हालेका छन्। १९ बलमा १ चौकासहित पाण्डेले १४ रन बनाएर खेलिरहेका छन्। यता आरिफ शेख ५ बलमा ३ रन बनाएर क्रिजमा छन्।
बिराटनगर किंग्सका बलरहरूले कसिलो बलिङ जारी राखेका छन्।
बासिर अहमद ३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर १ विकेट लिन सफल भएका छन् । सुदूरपश्चिमले आफ्नो बाँकी १० ओभरमा ठूलो साझेदारी गर्दै एक सम्मानजनक योगफलतर्फ जानु पर्ने चुनौती देखिएको छ।





























प्रतिक्रिया