विराटगर किङ्ग्सको बिस्फोटक सुरुवात, ६ ओभरमै बनायाे ८७ रन

विराटगर किङ्ग्सको बिस्फोटक सुरुवात, ६ ओभरमै बनायाे ८७ रन

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले दिएकाे १४८ रनको लक्ष्य पछ्याउँदै बिराटनगर किङ्ग्सले बिस्फोटक सुरुवात गरेको छ। दक्षिण अफ्रिकाका अनुभवी ब्याटर फाफ डु प्लेसिस र अस्ट्रेलियाका साम हेजलेटको घातक ओपनिङ साझेदारीले किङ्ग्सलाई जिततर्फ अग्रसर गराएको हाे ।

कप्तान सन्दीप लामिछानेको टोलीका लागि फाफ डु प्लेसिस र साम हेजलेटले पावरप्लेको सदुपयोग गर्दै मैदानमा चौका र छक्काको वर्षा गरेका छन्।

फाफ डुले १६ बलमा ४ चौका र ४ छक्कासहित ४४ रन प्रहार गरेका छन् । उनको स्ट्राइक रेट २७५.०० रहेको छ।

साम हेजलेटले १९ बलमा १ चौका, ४ छक्कासहित ३७ रन हानेका छन् । उनको स्ट्राइक रेट १९४.७३ रहेको छ।

डु प्लेसिस र हेजलेटले पहिलो विकेटका लागि ६ ओभरमा ८७ रनको साझेदारी गरिसकेका छन्।

Skip This
Skip This
Logo