काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत चितवन राइनोजले पोखरा एभेन्जर्ससामू सामान्य लक्ष्य प्रस्तुत गरेकाे छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि चितवनले ब्याटिङको निम्तो पाएको थियो। निर्धारित २० ओभरमा ६ विकेटकाे क्षतिमा १२० रन मात्र बनाउन सक्यो।
चितवनले पावरप्ले भित्रै आफ्ना महत्त्वपूर्ण तीन ब्याट्सम्यानलाई सस्तोमा गुमाएपछि टोली दबाबमा आएको थियो। ओपनर देव खनालले एक छेउ सम्हाल्दै ४१ बलमा ३५ रनको संयमित पारी खेले। मध्यक्रममा कप्तान कुशल मल्लले २३ बलमा २३ रन जोड्दै स्कोर अगाडि बढाए।
तर, इनिङ्सको अन्त्यमा विदेशी खेलाडी अल्पेश रमजानीले २२ बलमा ३३ रनको महत्त्वपूर्ण योगदान दिएपछि चितवनको स्कोर सम्मानजनक १२१ रनको लक्ष्यसम्म पुगेको हाे ।
पोखरा एभेन्जर्सका बलरहरू चितवनको इनिङ्समा हावी देखिए। विशेषगरी बलिङतर्फ पोखराका धनञ्जय लक्ष्मनले किफायती बलिङ गर्दै ३.४ ओभरमा २० रन खर्चेर तीन विकेट लिए। उनलाई विपिन खत्री, रोहित चन्द, र किरण ठगुन्नाले एक-एक विकेट लिएर साथ दिएका थिए।





























प्रतिक्रिया