मोदीमा सम्पन्न अध्यक्ष कपमा फलेवासको जित

मोदीमा सम्पन्न अध्यक्ष कपमा फलेवासको जित

केन्द्रबिन्दु
30
Shares

निर्मल पौडेल,पर्वत । मोदी गाउँपालिकाद्वारा आयोजित पाँचौँ राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। मंसिर १४ देखि १९ गतेसम्म डिमुवा खेलमैदानमा चलेको प्रतियोगितामा रनिङ शिल्डतर्फ नवजागृत मावि तिलाहार लगातार चौथो पटक च्याम्पियन बन्दा प्रथम अध्यक्ष कप भलिबलको उपाधि फलेवास नगरपालिकाले जितेको छ।
रनिङ शिल्डतर्फ नवजागृत मावि तिलाहारले २० स्वर्ण, ९ रजतसहित २९ पदक जित्दै शिल्डसँगै नगद ३० हजार पुरस्कार हात पारेको छ ।
दोस्रो भएको नवज्योति थम मावि भुक–१ सेराबेंशीले ४ स्वर्ण, ३ रजत र २ कांस्यसहित ९ पदक र २० हजार प्राप्त ग¥यो। तेस्रो स्थानको पशुपति मावि राम्जाले ३ स्वर्ण, ६ रजत र ९ कांस्यसहित १८ पदक र १० हजार पुरस्कार जित्यो। चौथो सरस्वती मावि बाजुङ (१४ पदक), पाँचौँ भुक देउराली मावि (५ पदक) र छैटौँ जनसिद्ध मावि चित्रे (९ पदक) भए।
छात्र–छात्रा दुवैतर्फको भलिबल पनि नवजागृत माविले जितेको छ।
प्रथम अध्यक्ष कप भलिबलमा फलेवास नगरपालिकाले उपाधिसहित १ लाख रुपैयाँ जित्दा मोदी गाउँपालिका दोस्रो (७५ हजार) र कुश्मा नगरपालिका तेस्रो (५० हजार) भयो। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीःविष्णु क्षेत्री (फलेवास)
उत्कृष्ट लिबेरो ः आदित्य मल्ल (फलेवास)
उत्कृष्ट स्पाइकर ः सुशील कुँवर (मोदी)
उत्कृष्ट सेटर ः सुवास कुँवर
उदयीमान खेलाडी ः सलिन लामिछाने (मोदी) बने ।

यस्तै अन्य विधाका विजेताका

लोक भजन ः थमर्जुङ भजन मण्डली प्रथम
लोक नृत्य ः शिव आधारभूत विद्यालय प्रथम
रत्यौली ः डिमुवा आमा समूह प्रथम
ब्याडमिन्टन (बी लेभल) ः लक्ष्मण श्रेष्ठ÷जगदीश सुवेदी जोडी
ब्याडमिन्टन (सी लेभल) ः निर्दोष लामिछाने÷विनोद सेन्चुरी जोडी भए ।

छ दिनसम्म चलेको प्रतियोगितामा १५ विद्यालय सहभागी थिए। पाँच विद्यालय पदकविहीन बने। खेल अवधिभर गाउँपालिकाले सबै विद्यालयलाई सट्टा बिदा दिएको थियो। सहभागी र दर्शकको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ ।

Skip This
Skip This
Logo