ब्राजिलका फुटबल प्रमुखलाई आजिवन प्रतिबन्ध

ब्राजिलका फुटबल प्रमुखलाई आजिवन प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

ब्राजिलको फुटबल संघका प्रमुख मार्को पोलो डेल नेरोलाई फुटवलसम्वन्धी कुनैपनि काममा आजिवन प्रतिबन्ध लगाइएको छ । 

फुटबलको विश्वव्यापी आधिकारीक संगठन फिफाले उनलाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएको हो । फिफाको मूल्य मान्यता समितिले ७७ वर्षीय मार्कोलाई सञ्चार र बजारसम्वन्धी सम्झौतामा घुस लिएको दोषी ठहर गरेको छ । 

उनलाई फुटवलसम्वन्धी कुनैपनि गतिविधि र जिम्मेबारीमा प्रतिबन्द लगाउनुका साथै दश लाख जरिवाना (१ मिलियन अमेरिकी डलर) घोषणा गरेको छ । फिफाले डेल नेरोलाई व्यापारमा ठगी गरेको, अवैधानिक काम गरेको, सम्पत्तिको अपचलन गरेकोलगायतका आरोप लगाउदै गत डिसेम्बरमा निलम्बन गरेको थियो । 

फिफाको निर्णयका बारेमा पुनरावेदन गराउन चाहेको डेल नेरोका वकिलहरुले बताएका छन् । एजेन्सी 

Skip This
Logo