साफ महिला क्लब च्याम्पियनसिपमा एपिएफ क्लब विजयी

साफ महिला क्लब च्याम्पियनसिपमा एपिएफ क्लब विजयी

केन्द्रबिन्दु
69
Shares

काठमाडौं विभागीय टोली एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिप फुटबलको आफ्नो तेस्रो खेलमा जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण एपिएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो । एपिएफका लागि रस्मिकुमारी घिसिङले निर्णायक गोल गरिन । उनले खेलको ५२आँै मिनेटमा रेनुका नगरकोटिको पासमा गोल गरेकी हुन् ।

जितसँगै एपिएफले तीन खेलबाट सात अङ्क बटुलेको छ ।

एपिएफले पहिलो खेलमा बङ्गलादेशको नासरिन स्पोट्र्स एकेडेमीलाई ४–० गोलअन्तरले हराएको थियो । त्यस्तै दोस्रो खेलमा एपिएफले भुटानी क्लब ट्रान्सपर्ट युनाइटेड एफसीसँग गोलरहित बराबरी खेलेको थियो । अब नेपालले भारतको इस्ट बङ्गालसँग आगामी पुस २ गते खेल्नेछ ।

Skip This
Skip This
Logo