काठमाडौं । एपिएफ एफसी दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा भएको पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिपमा उपविजेतामै सिमित बनेको छ । त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा एपिएफ भारतको इस्ट बंगाल एफसीसँग ३-० गोलअन्तरले स्तब्ध भएको हो ।
इस्ट बंगालका लागि फजिलाले खेलको २२ औं र ४६औं मिनेटमा २ गोल गरिन् भने ३५ औं मिनेटमा एस देवीले एक गोल गरेकी थिइन् ।
च्याम्पियनसिपको अन्तिम लिग खेल एपिएफ र इस्ट बंगालबीच नै भएको थियो। तर त्यो खेल गोलरहित बराबरीमा रोकिएको थियो । तर आज टोली आज चुक्यो । एपिएफ घरेलु महिला फुटबलको सबै भन्दा बलियो टोली हो। लिग सहित अधिकांश नकआउटमा एपिएफ नै विजेता रहँदै आएको थियो । तर फाइनलमा चुकेको हो । योसँगै एपिएफले घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका पनि गुमाएको छ ।





























प्रतिक्रिया