धनगढी । धनगढी प्रिमियर लिगको उपाधि टिम चौराहा धनगढीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि हात पारेको हो । "/>

डीपीएलको उपाधि टिम चौराहा धनगढीको पोल्टामा

डीपीएलको उपाधि टिम चौराहा धनगढीको पोल्टामा

केन्द्रबिन्दु
0
Shares

धनगढी । धनगढी प्रिमियर लिगको उपाधि टिम चौराहा धनगढीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि हात पारेको हो । उसले उपाधिसँगै २५ लाख रुपैयाँ हात पारेको छ ।

टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८१ रन बनाएको थियो । घरेलु दर्शक माझ धनगढीले निकै राम्रो ब्याटिङ गर्यो । दोस्रो विकेटका लागि सुनिल धमला र रोहन मुस्तफाले एक सय ४२ रनको साझेदारी गर्दै टिमलाई बलियो बनाए ।

रोहन मुस्तफाले ४२ बलमा ६० रन बनाए । प्रतियोगितामा पहिलो अर्धसतक बनाउने क्रममा रोहनले चार चौका र चार छक्का प्रहार गरे । त्यस्तै चौराहालाई बलियो लक्ष्यतर्फ अगाडी बढाउन सुनिल धमलाले ७८ रन बनाए ।

जवाफमा काठमाडौ २० ओभरमा ८ विकेट गुमाउदा एक सय ६० रनमा रोकियो । उसले पनि सुरुवात राम्रो गर्न सकेन । १२ रन हुँदा पहिलो विकेट गुमाएको काठमाडौका ओपनर सुबोध भाटी मात्र ५ रनमा आउट भए ।

त्यसपछि दोस्रो विकेटका लागि अमित श्रेष्ठ र पुष्प थापाले काठमाडौको पारीलाई सम्हाल्ने प्रयास गरेपनि पुष्प मात्र १५ रनमा आउट हुदा ६६ रनमा अर्को विकेट खेर फाल्यो । ठूलो लक्ष्य पक्ष्याएको काठमाडौको स्कोर ८५ रन हुदा अमित श्रेष्ठ ब्यक्तिगत ५८ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो ।

चौराहाले घरेलु मैदानमा भएका तीन वटा प्रतियोगिताको उपाधि जितेको छ । टिम चौराहा धनगढीले अघिल्लो बर्ष डीपीएलको उपाधि पनि जितेको थियो ।

Skip This
Logo