क्यालिस्थेनिक्समा सहभागी हुन नेपाली खेलाडी भारत प्रस्थान

क्यालिस्थेनिक्समा सहभागी हुन नेपाली खेलाडी भारत प्रस्थान

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । पहिलोपटक तीन नेपाली खेलाडीले भारतको बैंगलोरमा हुन गइरहेको ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय‌ क्यालिस्थेनिक्स प्रतियोगिता २०२६ मा सहभागिता जनाउन भारत प्रस्थान गरेका छन्।

अन्तर्राष्ट्रिय खेलाडी तथा स्ट्रीट वर्कआउट लिडर जगदीशन्द्र जोशी ज्याकको नेतृत्वमा ३ सदस्य टोली बुधबार भारत प्रस्थान गरेका हुन् ।प्रतियोगिता जनवरी ९ र १० तारिखमा भरातको बेङ्गलोर हुनेछ । जसमा स्ट्याटिक्स तर्फ समर लामा ,फ्रीस्टाइलतर्फ संगम अधिकारी र महिला फ्रीस्टाइलतर्फ ईसुरा राईले सहभागिता जनाउने छन्।

यो प्रतिस्पर्धामा उत्कृष्ट दुईजना खेलाडीले विश्व च्याम्पियनसिपको यात्रा तय गर्ने छन्।

Skip This
Skip This
Logo