काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्बाब्वेमा सञ्चालन भएको एक दिवसीय विश्वकप क्रिकेट छनौट खेलमा नेपाललाई एक दिवसीय मान्यता दिलाउन सफल नेपाली खेलाडी तथा प्रशिक्षकलाई बधाई ज्ञापन गरेका छन् । "/>

एकदिवसीय मान्यता पाएकोमा नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

एकदिवसीय मान्यता पाएकोमा नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्बाब्वेमा सञ्चालन भएको एक दिवसीय विश्वकप क्रिकेट छनौट खेलमा नेपाललाई एक दिवसीय मान्यता दिलाउन सफल नेपाली खेलाडी तथा प्रशिक्षकलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले विज्ञप्ति जारी गरी नेपालले पाएको सफलता प्रति विशेषतः नेपाली क्रिकेट टोली र समस्त नेपाली क्रिकेटप्रेमी दाजुभाई दिदी बहिनीहरुमा हार्दिक बधाई दिँदै नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ रेकर्ड कायम गरेकोमा खुसी व्यक्त गरेका छन् ।

‘हाम्रो राष्ट्रले पाएको यो सफलतापछि अव नेपालले एक दिवसीय र लिष्ट ‘ए’ मान्यता प्राप्त राष्ट्रहरुसँग चार वर्ष सम्म क्रिकेटमा प्रतिस्पर्धा गर्न पाउनेछ । नेपाली क्रिकेट टिमको अथक मेहनत, परिश्रम, शीप र उत्कृष्ट प्रदर्शन र त्यसको प्रतिफल स्वरुप नेपालले पाएको यो सफलता प्रति नेपाली टिमलाई पुनः म विशेष धन्यवाद सहित वधाई ज्ञापन गर्दछु’–प्रमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सन्देशमा यस गौरवपूर्ण सफलतालाई स्थायी बनाउने र टेष्टस्तरीय मान्यतामा नयाँ फड्को मार्नु पर्ने बताउँदै उनले क्रिकेट खेलको पूर्वाधार कमजोर हुँदाहुँदै पनि नेपाली क्रिकेट टिमले विगत केही वर्ष देखि गरेको निरन्तरको उत्कृष्ट प्रदर्शनले नेपाललाई क्रिकेटमा सम्भावना भएको देशका रुपमा चिनाउने सफलता प्राप्त गरेकोमा खुसी पनि व्यक्त गरेका छन् ।
रासस

 

Skip This
Skip This
Logo