बंगलादेश भारतमा हुने टि२० विश्वकपबाट बाहिरियाे, स्कटल्याण्डलाई मौका दिने आईसिसीकाे निर्णय

बंगलादेश भारतमा हुने टि२० विश्वकपबाट बाहिरियाे, स्कटल्याण्डलाई मौका दिने आईसिसीकाे निर्णय

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी)ले २०२६ को पुरुष टि२० विश्वकपबाट बंगलादेशलाई हटाएर स्कटल्याण्डलाई समावेश गर्ने निर्णय गरेको छ। भारतमा आयोजना हुने उक्त प्रतियोगिताका लागि टोली पठाउन बंगलादेश क्रिकेट बोर्डले अस्वीकार गरेपछि झण्डै तीन हप्ता लामो वार्तापश्चात आईसिसीले यो निर्णय लिएकाे हो।

फेब्रुअरी ७ बाट सुरु हुने विश्वकपका लागि बंगलादेश सरकारले आफ्नो टोलीलाई भारत जान अनुमति नदिएपछि यो विवाद उत्कर्षमा पुगेको थियो। बंगलादेशले सुरक्षाको कारण देखाउँदै आफ्ना खेलहरू श्रीलंकामा सार्न माग गरेको थियो। तर, आईसिसीले भारतमा कुनै “विश्वसनीय सुरक्षा खतरा” नभएको भन्दै तालिका परिवर्तन गर्न अस्वीकार गरेकाे थियाे ।

यो विवादको सुरुवात जनवरी ३ मा भारतीय क्रिकेट बोर्डले मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ बाट फुकुवा गर्न कोलकाता नाइट राइडर्सलाई दिएको निर्देशनपछि भएको मानिएको छ। बंगलादेशले यसैलाई आधार बनाएर सुरक्षा चिन्ता व्यक्त गरेको थियो, जसलाई आईसिसीले “असान्दर्भिक” भन्दै खारेज गरिदिएको छ।

बंगलादेश समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, इङ्गल्याण्ड र इटालीसँगै रहेको छ। अब नेपालले स्कटल्याण्डसँग खेल्नुपर्ने भएकाे छ ।

Skip This
Skip This
Logo