एमसीए प्रेसिडेन्ट -११ माथि नेपालको लगातार दोस्रो जित, आरिफको उत्कृष्ट अर्धशतक

एमसीए प्रेसिडेन्ट -११ माथि नेपालको लगातार दोस्रो जित, आरिफको उत्कृष्ट अर्धशतक

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । नेपालको पुरुष क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप २०२६ को तयारीका क्रममा भारतको एमसीए प्रेसिडेन्ट ११ विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । आज मुम्बईको ब्राबोर्न स्टेडियममा भएको खेलमा नेपालले ४८ रनले स्तब्ध पारेको हो ।

आरिफ शेखको उत्कृष्ट अर्धशतक र बलरहरूको कसिलो प्रदर्शनको मद्दतले नेपालले सहज जित दर्ता गरेको हो। यसअघि पहिलो खेलमा नेपालले ७ विकेटको सहज जित निकालेको थियो ।

आज नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याउने क्रममा एमसीए प्रेसिडेन्ट ११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १३५ रन जोड्न सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८३ रनको बलियो योगफल खडा गरेकाे थियाे । नेपालका लागि आरिफ शेखले अविजित ६६ रनको उत्कृष्ट इनिङ खेले। उनले मात्र ४२ बलमा यो योगदान दिएका हुन्।

साथै सन्दीप जोराले २६ बलमा ३१ रन, आसिफ शेखले १७ बलमा २५ रन र गुल्सन झाले १२ बलमा २३ रन बनाएका थिए ।

१८४ रनको लक्ष्य पछ्याएको एमसिए प्रेसिडेन्ट-११ नेपाली बलरहरूको अगाडि टिक्न सकेन। सो टोलीले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १३५ रन बनाउन सक्यो। घरेलु टोलीका लागि मुलचन्दानीले सर्वाधिक ४७ रन बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन्।

सन्दीप लामिछानेले ३ महत्वपूर्ण विकेट लिँदै मुम्बईको मध्यक्रम ध्वस्त पारे। साथै ललित राजवंशी र गुल्सन झाले समान २ विकेट लिए ।

नेपाली टोली विश्वकपको अन्तिम तयारीका लागि हाल मुम्बईमा छ । श्रीलंकाको ए टोलीसँग तीन अभ्यास खेल खेलेपछि मुम्बईमा पुगेको हाे । अब विश्वकपअघि नेपालले पहिलो वार्म अप खेल माघ २० गते युएईसँग र दोस्रो खेल क्यानडासँग माघ २२ मा खेल्नेछ। दुवै खेल चेन्नईको एमए चिदाबरम रंगशालामा हुनेछ ।

यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ । यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।

Skip This
Skip This
Logo