काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत अफगानिस्तानले न्युजिल्यान्डसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
चेन्नईको एम.ए. चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएकाे हाे । अफगानिस्तानका लागि मध्यक्रमका ब्याटर गुल्बादिन नायबले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ६३ रनको योगदान दिए। उनले मात्र ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै टोलीको इनिङ्सलाई मजबुत बनाएका थिए।
ओपनरद्वय रहमानुल्लाह गुर्बाज (२७ रन) र सेदकुल्लाह अटल (२९ रन) ले राम्रो सुरुवात दिलाए पनि लोकी फर्गुसनले एकै ओभरमा दुवैलाई आउट गर्दै न्युजिल्यान्डलाई खेलमा फर्काएका थिए। तर सुरुवाती विकेट सस्तैमा गुमेपछि गुल्बादिन नायबले इनिङ्स सम्हाल्दै ३० बलमै आफ्नो अर्धशतक पूरा गरे।
यता न्युजिल्यान्डका लागि लोकी फर्गुसनले ४ ओभरमा ३८ रन दिएर २ विकेट लिए। त्यस्तै मिचेल सान्टनरले किफायती बलिङ गर्दै ५.७५ को इकोनोमीमा रन दिए पनि विकेट भने लिन सकेनन्।





























प्रतिक्रिया