काठमाडौं । आईसीसी पुरुष टी २० विश्वकप २०२६ अन्तर्गत इङ्गल्याण्डविरुद्ध नेपालले ओपनरद्वयलाई गुमाएको छ ।
मुम्बईको वाङ्खेडे स्टेडियममा इङ्गल्याण्डले दिएको १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा पहिलो पावर प्लेमा नेपालले २ विकेटको क्षतिमा ४७ रन जोडेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेख आउट भएका छन् ।
कुशलले १७ बलमा ४ चौका र १ छक्काको मदतमा २९ रन जोडे । उनको विकेट विल ज्याक्सले लिएका हुन् । त्यसअघि ओपनर आशिफ शेख ७ रनमै आउट भएका थिए । उनी ३.५ ओभरमा आउट भएका हुन् ।
हाल क्रिजमा कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी छन् ।





























प्रतिक्रिया