इटालीविरुद्ध नेपालको ब्याटिङमा संकट

इटालीविरुद्ध नेपालको ब्याटिङमा संकट

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा नेपाल इटालीविरुद्ध संकटमा परेकाे छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १६ ओभरको समाप्तिमा ७ विकेट गुमाएर १०२ रन बनाएको छ।

ओपनर कुशल भुर्तेल सस्तैमा आउट भएपछि कप्तान रोहित पौडेल र आसिफ शेखले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। रोहितले आक्रामक ब्याटिङ गर्दै १० बलमा २२ रन (१ चौका र २ छक्का) प्रहार गरे पनि ठूलो स्कोर बनाउन सकेनन्।

आसिफ शेखले २३ बलमा १९ रन बनाए भने आरिफ शेखले सर्वाधिक २७ रन जोडे।

इटालीका बलरहरूले नेपाली ब्याटरलाई दबाबमा राखेका छन्। बेन मानेन्टीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र ९ रन दिएर २ विकेट लिएका छन्। यस्तै क्रिशान कालुगामागेले पनि महत्वपूर्ण २ विकेट लिए।  

नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो हार व्यहोरेको थियो। विश्वकपमा आफ्नो यात्रालाई जीवित राख्न नेपालका लागि यो खेल जित्नै पर्ने दबाब छ।

Skip This
Skip This
Logo