वेस्ट इन्डिजविरुद्ध भिड्नुअघि कप्तान रोहित विरामी

वेस्ट इन्डिजविरुद्ध भिड्नुअघि कप्तान रोहित विरामी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । भारतमा आईसीसी पुरुष टी२० विश्वकप खेलिरहेका नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल बिरामी परेका छन् । इटालीविरुद्धको खेलपछि उनी विरामी परेका हुन् ।

आइतबार हुने वेस्ट इन्डिजसँगको खेलअघि आयोजित प्रिम्याच प्रेस कन्फेरेन्समा मुख्य प्रशिक्षक स्टुअर्ट लले रोहितलाई ज्वरोसँगै पेटको समस्या देखिएको जानकारी गराएका हुन् । रोहितलाई समस्या देखिएको भएपनि भोलिसम्म ठीक हुने सम्भावना रहेको उनको भनाइ छ । ठिक नभए विकल्प खोजिनेछ ।

शनिबार बिहान मुम्बईस्थित वानखेडे रंगशालामा अभ्यास सत्रमा रोहित उपस्थित भएका छैनन् । नेपाल बिहीबार भएको खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो ।

Skip This
Skip This
Logo