संकटका बीच नेपालको १०० रन पूरा

संकटका बीच नेपालको १०० रन पूरा

केन्द्रबिन्दु
39
Shares

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आज मुम्बईको वानखेडे स्टेडियममा भइरहेको वेस्ट इन्डिज विरुद्धको खेलमा नेपालले १०० रनको आँकडा पार गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब सुरुवात गरेको थियो। पावरप्ले भित्रै मुख्य ब्याटरहरू गुमाएर ४६/५ को कठिन अवस्थामा पुगेको नेपाली इनिङ्सलाई दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले सम्हालेका छन्।

सुरुवाती ब्याटरहरू कुशल भुर्तेल (१), आसिफ शेख (११) र कप्तान रोहित पौडेल (५) सस्तैमा आउट भएपछि नेपाल दबाबमा परेको थियो। दीपेन्द्र सिंह ऐरीले एकतर्फबाट इनिङ्स सम्हाल्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्‍याएका छन्। उनले ४१ बलमा ३ चौका र १ छक्काको मद्दतले ४१ रन बनाएर क्रिजमा टिकिरहेका छन्।

आठौँ नम्बरमा आएका सोमपाल कामीले विष्फोटक ब्याटिङ गर्दै मात्र ९ बलमा १९ रन जोडेर नेपालको रन रेटमा सुधार ल्याएका छन्।

वेस्ट इन्डिजको बलिङ: वेस्ट इन्डिजका लागि जेसन होल्डरले २ विकेट लिएका छन् भने म्याथ्यु फोर्डले ४ ओभरमा मात्र १० रन खर्चेर १ विकेट लिँदै कसिलो बलिङ गरेका छन्।

नेपालले १७.५ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १०६ रन बनाएको छ।

Skip This
Skip This
Logo