काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को २६औं खेलमा अमेरिकाले नामिबियासामु जितका लागि २०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
चेन्नईको एमए चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएकाे हाे । अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले अविजित रहँदै मात्र ३३ बलमा ६८ रनको सानदार इनिङ खेले। उनले आफ्नो इनिङमा ६ वटा छक्का र ४ वटा चौका प्रहार गर्दै २०२.०६ को स्ट्राइक रेटमा रन जोडे।
कप्तान मोनांक पटेलले ओपनिङमा आएर ३० बलमा ५२ रनको योगदान दिँदै टोलीलाई बलियो सुरुवात दिलाए। मिलिन्द कुमारले २८ रन र सातेजा मुक्का मल्लाले १७ रन जोड्दै स्कोरलाई उकासे।
नामिबियाका लागि विलेम माइबर्ग र कप्तान जेरहार्ड इरास्मसले समान २–२ विकेट लिए । माइबर्ग निकै किफायती देखिए, उनले ४ ओभरमा मात्र २२ रन खर्चिए। यद्यपि, रुबेन ट्रम्पलम्यान भने महँगो साबित भए, जसले ४ ओभरमा ५२ रन खर्चेर कुनै विकेट लिन सकेनन्।































प्रतिक्रिया