काठमाडौँ
आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली हिजो साँझ स्वदेश फर्किएको छ । "/>

उपविजेता बन्दै नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

उपविजेता बन्दै नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली हिजो साँझ स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आगामी दिनका खेलहरु नेपालका लागि झनै चुनौती बन्दै गएकाले नेपाली क्रिकेटको विवाद समाधान गरी आगामी दिनमा आइ पर्ने चुनौतीको सामना गर्न नेपाल तयार रहनु पर्ने बताए । आगामी फागुन २० गते देखि जिम्बाब्वेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा यो प्रतियोगिता भन्दा झनै सुधारिएको प्रदर्शन गर्ने उनको भनाइ छ । आइसिसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले जिम्बाब्वेसँग मार्च ४ मा, स्कटल्याण्डसँग मार्च ८ मा, अफगानिस्तानसँग मार्च १० र हङ्कङसँग मार्च १२ मा खेल्नेछ ।
रासस

Skip This
Skip This
Logo