दक्षिण अफ्रिका अपराजित रहँदै टि२० विश्वकपको सेमिफाइनलमा

दक्षिण अफ्रिका अपराजित रहँदै टि२० विश्वकपको सेमिफाइनलमा

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा आज सम्पन्न टि२० विश्वकपको ‘सुपर ८’ खेलमा दक्षिण अफ्रिकाले जिम्बावेमाथि ५ विकेटको सानदार जित दर्ता गरेको छ। यो जितसँगै दक्षिण अफ्रिका अपराजित रहँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। १५४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

जिम्बावेका लागि कप्तान सिकन्दर राजाले उत्कृष्ट प्रदर्शन गर्दै ४३ बलमा ७३ रनको आक्रामक इनिङ्स खेले। उनलाई साथ दिँदै क्लाइभ मडान्डेले अविजित २६ रन जोडे। बलिङतर्फ दक्षिण अफ्रिकाका युवा बलर क्वेना माफाकाले ४ ओभरमा मात्र २१ रन खर्चेर २ विकेट लिए भने कोर्बिन बोशले पनि २ विकेट चट्काए।

दक्षिण अफ्रिकाको जितमा युवा ब्याटर डेवाल्ड ब्रेभिसको भूमिका निर्णायक रह्यो। उनले मात्र १८ बलमा ४२ रनको विष्फोटक पारी खेले। त्यस्तै रायन रिकलटनले ३१ र जर्ज लिन्डेले अविजित ३० रनको योगदान दिए।

जिम्बावेका लागि सिकन्दर राजाले बलिङमा पनि चम्किँदै ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

Skip This
Skip This
Logo