गोवर्धन नाथ शर्मा (जि.एन.दाई) नेपाल एमेच्योर भेट्रान्स एथलेटिक कमिटिको अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

पूर्व खेलाडीहरुको भातृ संगठन एथलेटिक कमिटिको शनिबार लाजिम्पाटमा सम्पन्न साधारण सभाले जिएन दाईको अध्यक्षतामा दोश्रो कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो । "/>

जि.एन. दाई पुनः अध्यक्षमा निर्वाचित

जि.एन. दाई पुनः अध्यक्षमा निर्वाचित

केन्द्रबिन्दु
0
Shares

गोवर्धन नाथ शर्मा (जि.एन.दाई) नेपाल एमेच्योर भेट्रान्स एथलेटिक कमिटिको अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

पूर्व खेलाडीहरुको भातृ संगठन एथलेटिक कमिटिको शनिबार लाजिम्पाटमा सम्पन्न साधारण सभाले जिएन दाईको अध्यक्षतामा दोश्रो कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो ।

संघको नयाँ कार्य समितिको पहिलो बैठकले अन्तराष्ट्रिय महासंघको निर्देशन अनुरुप संघको नाम परिवर्तन गर्ने निर्णय ग¥यो । अव संघको नाम ‘नेपाल एमेच्योर मास्टर्स एथलेटिक संघ’ रहने छ ।

नव निर्वाचित कार्य समितिको प्रथम उपाध्यक्षमा रुपाल समशेर जबरा, चार उपाध्यक्षमा यज्ञलाल श्रेष्ठ, पम्फा कुँवर, बरिष्ठ फोटो पत्रकार श्याम चित्रकार र गिर्वाण विक्रम शाह रहेका छन् । यस्तै महासचिव र कोषाध्यक्षमा पुन शशिराज सुवेदी र भैरव शाहीलाई निरन्तरता प्रदान गरिएको छ ।

कार्य समितिको सदस्यहरुमा राखेपकी बरिष्ठ अधिकृत केशरी चित्रकार, विजय लक्ष्मी शाही, चन्दन चौधरी, मञ्जना बज्राचार्य, लक्ष्मीदत्त भट्ट, विश्वरत्न मानन्धर र राधा श्रेष्ठ निर्वाचित भएका छन् ।

नव निर्वाचित कार्यसमितिका सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत नारायणराज अर्यालले प्रमाण पत्र वितरण गर्नुका साथै पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

जिल्ला प्रशासन कार्यालयमा २०६९/७० सालमा ८७३ नं.मा दर्ता रहेको पूर्व खेलाडीहरुको भातृ संघलाई सन् २०१७ मा एशियाली महासंघ एशियन मास्टर्स एथलेटिक्सले सदस्यता प्रदान गरेको छ ।

Logo