काठमाडौँ ।आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आज नेपाल र ओमानबीच खेल भैरहेको छ ।
ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ। अहिले नेपालको पहिलो विकेट गएको छ । उपकप्तान ज्ञानेन्द्र मल्ल व्यक्तिगत ७ रन बनाएर आउट भएका छन् । ५ ओभर २ बलको समाप्तिमा नेपालले १ विकेट गुमाएर १६ रन जोडेको छ ।
खेलमा नेपाल ओमानलाई हराउँदै दोस्रो जित निकाल्ने दाउमा छ । यता, ओमान भने पहिलो जितको खोजीमा छ । बिहीबार भएको रोमाञ्चक खेलमा नेपालले नामिवियालाई १ विकेटले हराएको थियो । ओमान पहिलो खेलमा क्यानडासँग ८ विकेटले पराजित भएको थियो । नेपाल, नामिविया, केन्या, ओमान, युएई र क्यानडासहित ६ देश सहभागी डिभिजन टूको शीर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनोट खेल्न पाउने छन् ।
क्रिकेटमा नेपाल र ओमानबीच बिगत १० बर्षदेखि संघर्ष गर्दै आएको छ। पहिलो पटक सन् २००७ मा नेपाल र ओमानबीच एसीसी ट्रफिमा प्रतिष्पर्धा भएको थियो । त्यसबेला नेपालले ओमानलाई २ रनले हराएको थियो ।
त्यस्तै ओमानले २००९ को एसीसी ट्रफिमा बदला लिएका थियो । सो बेला नेपाल ओमानसँग १२ रनले हारेको थियो । २०११ को एसीसी ट्रफिमा पनि नेपाल ओमानसँग २ रनले हारेको थियो । २०१३ मा बर्मुडामा भएको आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन ३ मा नेपाल च्याम्पियन बन्दा समूह चरणमा ओमानलाई हराएको थियो ।































प्रतिक्रिया