काठमाडौं
नेपाल र नामिबिया विचको आजको खेलमा नेपालले सानदार जित हासिल गरेको छ । नामिवियाले दिएको १३९ रनको तार्गेटलाई नेपालले ४९.२ ओभरमा १४० रन बनाए पछि जित हासिल गरेको हो । "/>

नामिविया विरुद्ध नेपालको सानदार जित

नामिविया विरुद्ध नेपालको सानदार जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेपाल र नामिबिया विचको आजको खेलमा नेपालले सानदार जित हासिल गरेको छ । नामिवियाले दिएको १३९ रनको तार्गेटलाई नेपालले ४९.२ ओभरमा १४० रन बनाए पछि जित हासिल गरेको हो । करिब करिब गुमिसकेकाे खेलमा नेपाललार्इ बसन्त रेग्मीले जित दिलाउँदै महत्वपूर्ण २ अंक हासिल गराए । अन्तिम १२ बलमा १६ रन चाहिएका वेला वसन्तले छक्का र चाैका प्रहार गर्दै नेपाललार्इ जित दिलाए ।

यद्यपी नेपालको व्याटिङमा त्यती सुधार भने देखिएको थिएन। नेपालका लागी सर्वाधिक शरद भेश्वाकरले २९ रन जोडे । त्यस्तै कप्तान पारस खड्काले १९, रोहित कुमार पौडेलले १७, ज्ञानेन्द्र मल्लले १५ रन जोडे । देपेन्द्रसिंह ऐरी ६ रन बनाएर आउट भए भने करण केसीले ३ रन जोडे । दिलिप नाथ र आरिफ सेख शून्य रनमा आउट भए ।

टस हारेर पहिले व्याटिङ गरेको नामिबियाले ३४ दशमलव २ ओभरमा १ सय ३८ रन जोडेको थियो । नामिबियाले ३ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । दोस्रो विकेट झर्दा २३ रन जोडेको थियो । त्यस्तै स्टेफेन बार्ड १८ रन बनाएर पेभेलियन फर्किए । नामिवियाका जीन पियरे कोट्जीलाई ब्यक्तिगत नौ रनमा बसन्त रेग्मीले आउट गरे । क्रेग विलियम्सलाई सन्दिपले एलबीडब्लु धरापमा पारे । उनले ४१ रन बनाए । कप्तान पारस खड्काले ग्यारेथ इरामुसलाई खाता खोल्न नदिदै आउट गरे । लगत्तै सन्दिपले नामिबियाका कप्तान बुर्गेरलाई आउट गरे । जेन फ्रेलिङकलाई शरद भेषवाकरले २२ रनमा आउट गरेपछि घरेलु टिमले ११६ रनमा सातौं विकेट गुमायो ।

त्यसपछि नामिवियाको १ सय ३२ रन हुँदा ८ विकेट झर्यो । जेन ग्रिनलाई सोमपालले २२ रनमा पेभेलियन फर्काए । बलिङ तर्फ सोमपाल कामी ३ र सन्दिप लामिछानेले समान ४ विकेट लिए । यस्तै पारस खड्का, बसन्त रेग्मी र शरद भेषवाकरले १–१ विकेट लिए । डिभिजन–२ मा नेपाल र नामिबिया सहित केन्या, क्यानडा, ओमान र युएईले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको शीर्ष २ भित्र पर्ने २ टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन् ।

Skip This
Skip This
Logo