विश्वकपअघि नेयमारको ब्राजिलियन टोलीमा पुनरागमन

विश्वकपअघि नेयमारको ब्राजिलियन टोलीमा पुनरागमन

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । ब्राजिलका कीर्तिमानी गोलकर्ता नेयमारलाई फ्रान्स र क्रोएसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि ब्राजिलको प्रारम्भिक टोलीमा समावेश गरिएको छ। सन् २०२६ को फिफा विश्वकप नजिकिँदै गर्दा भेट्रान फरवार्डका लागि यो आफ्नो अन्तर्राष्ट्रिय करियरलाई पुनर्जीवन दिने एउटा महत्त्वपूर्ण अवसर मानिएको छ।

मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले नेयमारलाई टोलीमा समेटे पनि उनको फिटनेसलाई लिएर भने अझै निकै सतर्कता अपनाइएको छ।

ब्राजिलियन सञ्चारमाध्यमका अनुसार मार्चको अन्त्यमा हुने यी दुई ठूला खेलहरू विश्वकपअघिको अन्तिम अन्तर्राष्ट्रिय विन्डो हो। ३४ वर्षीय नेयमार हाल सान्तोसबाट खेलिरहेका छन्। कार्यभार नियन्त्रणका कारण उनले मिरासोल विरुद्धको आगामी खेल भने गुमाउने भएका छन्।

यद्यपि, प्रशिक्षक एन्सेलोटी र टोली निर्देशक रोड्रिगो केटानो उक्त खेलमा उपस्थित हुनेछन्। अब नेयमारसँग आफ्नो फिटनेस र लय प्रमाणित गर्न कोरिन्थियन्स विरुद्धको एक मात्र घरेलु खेल बाँकी छ।

Skip This
Skip This
Logo