ईङलिस प्रिमियर लिगमा डिफेण्डिङ च्याम्पियन चेल्सि फेरी एकपटक पराजित भएको छ ।

जारी सिजनमा छैठौं हार ब्योहेर्ने क्रममा चेल्सि गएराती वाटफोर्डसंग ४–१ गोलले पराजित भएको हो । "/>

फेरी हार्यो चेल्सि

फेरी हार्यो चेल्सि

केन्द्रबिन्दु
0
Shares

ईङलिस प्रिमियर लिगमा डिफेण्डिङ च्याम्पियन चेल्सि फेरी एकपटक पराजित भएको छ ।

जारी सिजनमा छैठौं हार ब्योहेर्ने क्रममा चेल्सि गएराती वाटफोर्डसंग ४–१ गोलले पराजित भएको हो । खेलको ३० मिनेटमा नै चेल्सि दशजनामा सिमित भएको थियो । चेल्सिका टिमाउ बाकायोकोले दोहोरो पहेंलो कार्ड खा“दै मैदान छाड्न बाध्य भएका थिए ।

खेलको एक घण्टा भन्दा बढी समय दशजनामा सिमित चेल्सिले वाटफोर्डविरुद्ध आफुलाई हारबाट जोगाउन सकेन । यो हारसंगै चेल्सिको उपाधी रक्षा गर्ने सपना लगभग सकिएको छ । लिग लिडर म्यानचेष्टर सिटीभन्दा चेल्सि १९ अंकले पछि छ । वाटफोर्डको जितमा गएराती डिनी, यानमत, डिउलोफ र पिरेराले एक–एक गोल गरेका थिए ।

चेल्सिका लागि एकमात्र गोल इडेन हजार्डले गरे । इङलिस प्रिमियर लिगमा २६ खेलबाट सिटीको ६९ अंक छ भने चौथो स्थानमा रहेको चेल्सिको ५० अंक छ । डिफेण्डिङ च्याम्पियन चेल्सि चौथो स्थानमा च्याम्पियन्स लिगका लागि समेत संघर्षरत रहेपछि म्यानेजर एन्टेनियो कोन्टेले निराशा ब्यक्त गरेका छन् ।

Logo