महिला गल्फरलाई ज्यान मार्ने धम्कि

महिला गल्फरलाई ज्यान मार्ने धम्कि

केन्द्रबिन्दु
0
Shares

महिला गल्फर पिएगी स्पिरानाकले दुबईमा आयोजना भएको दुबई माष्टर्स गल्फ प्रतियोगिता खेल्न आउने बेलामा आफुले लगाएको पोशाकलाई लिएर ज्यान मार्ने धम्कि आएको खुलासा गरेकी छिन् ।

दुबईमा आयोजना भैरहेको डेजर्ट क्लासिक गल्फ प्रतियोगिता खेल्न आएकी पिएगीले सन् २०१५ मा आफुले लगाएको ड्रेसमा क्लिभेज देखिएको निहुँमा आफुलाई ज्यान मार्ने धम्कि आएको बताएकी छिन् । अहिले पनि आफुलाई धम्की आउन थालेको उनले एक संचारमाध्यमलाई बताएकी हुन् ।

२४ बर्षिया पिएगीलाई समाजिक संजालमा गल्फको सेलिब्रेटी भएको कारण आयोजकले प्रतियोगितामा सहभागि गराएका थिए । महिला गल्फरको वरियताक्रममा १ हजार स्थान भित्र पनि नआउने पिएगीको इन्ष्टाग्राममा भने १ करोड २० लाख फलोअर्सहरु रहेका छन् ।

अमेरिकाको कोलोराडोमा बसोबास गर्ने गल्फर पिएगीलाई दुबई माष्टर्सका आयोजकले उनको सामाजिक संजालमा भएको बलियो उपस्थिती र गल्फमा ल्यामर लुक दिने क्षमता भएकी खेलाडी भएकै कारण सहभागिता गराईएको अन्य प्रतियोगीहरुले अनुमान गरेका थिए ।

पिएगीलाई आएको धम्कीले त्यो बेलामै चर्चा पाएपनि अहिले फेरी पनि आएको कारण उनी तनावमा परेकी हुन् । अहिले आएको धम्कीले गर्दा आफुलाई गल्फ खेल्न जान सक्ने अवस्थामा पनि नपुर्‍याएको उनले संचारमाध्यमहरुलाई बताएकी छिन् ।

Logo