राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य शैलेश कर्माचार्य राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्षमा मनोनित भएका छन् ।

मन्त्रिस्तरिय निर्णयानुसार राखेप अध्यक्ष युवा तथा खेलकुद मन्त्री राजेन्द्र के.सी.ले रिक्त रहेको परिषदको कोषाध्यक्ष पदमा कर्माचार्यलाई मनोनित गरेका हुन् । "/>

कर्माचार्य राखेप कोषाध्यक्षमा मनोनित

कर्माचार्य राखेप कोषाध्यक्षमा मनोनित

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य शैलेश कर्माचार्य राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्षमा मनोनित भएका छन् ।

मन्त्रिस्तरिय निर्णयानुसार राखेप अध्यक्ष युवा तथा खेलकुद मन्त्री राजेन्द्र के.सी.ले रिक्त रहेको परिषदको कोषाध्यक्ष पदमा कर्माचार्यलाई मनोनित गरेका हुन् ।

“खेलकुद विकास ऐन २०४८ को दफा ३ को उपदफा ३ बमोजिमको ब्यवस्था अनुसार रिक्त रहेको राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष पदमा तपाईलाई मनोनित गरिएको छ” युवा तथा खेलकुद मन्त्री राजेन्द्र के.सी.द्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ ।

कर्माचार्य पूर्व प्रधानमन्त्री सुशिल कोईराला सरकारको पालामा मन्त्री परिषद्को २०७२ साल अशोज ३ गतेको निर्णयानुसार राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त भएका थिए ।

Logo