नेपाल ओलम्पिक सङ्ग्रहालयको ३१औं वार्षिक साधारण सम्पन्न, नयाँ नेतृत्वमा सन्सी

नेपाल ओलम्पिक सङ्ग्रहालयको ३१औं वार्षिक साधारण सम्पन्न, नयाँ नेतृत्वमा सन्सी

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । दक्षिण एसियाकै पहिलो र एक मात्र ओलम्पिक सङ्ग्रहालय, नेपाल ओलम्पिक सङ्ग्रहालयको ३१औं वार्षिक साधारण सम्पन्न भएको छ। यस वर्ष संग्रहालयले आफ्ना संस्थापक अध्यक्ष क्षितिज अरुण श्रेष्ठ र कोषाध्यक्ष मन्जु तुलाधरको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै अतुलनीय योगदानको स्मरण गरेको छ।

३५ वर्षभन्दा लामो समय खेल पत्रकारिता र खेल इतिहासको जगेर्नामा समर्पित रहेका श्रेष्ठले सन् १९९४ मा संस्थाको स्थापना गरी नेपाली खेलकुदका ऐतिहासिक धरोहरहरूलाई संरक्षण गर्ने जग बसालेका थिए

साधारण सभाले संस्थापक अध्यक्षद्वयको विरासतलाई अगाडि बढाउन छोरी सन्सी श्रेष्ठलाई २३ वर्षको युवा उमेरमा सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको छ।

‘आज म एउटा छोरीको रूपमा मात्र होइन, एउटा संकल्पका साथ यो जिम्मेवारी सम्हाल्दै छु। बुवा र आमा (स्व. मन्जु तुलाधर) को त्यो त्यागलाई खेर जान नदिई, उहाँहरूको अधुरो सपनालाई आफ्नो काँधमा राखेर राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा स‌ङ्ग्रहालयलाई एउटा छुट्टै उचाइमा पुऱ्याउने प्रण गर्दछु। बुवाको ३१ वर्षको साधनालाई म मेरो ऊर्जा बनाउनेछु र अबका हरेक पाइलामा उहाँहरूको नाम र आदर्शलाई शिरोपर गर्दै अघि बढ्‌नेछु। यो छोरीले बुवाको विरासतलाई कहिल्यै झुक्न दिनेछैन र उहाँले कोर्नुभएको बाटोमा हिँड्दै नेपाली खेलकुदको इतिहासलाई विश्वसामु चिनाउनेछ,’ अध्यक्षको जिम्मेवारी पाएपछि सन्सीले भनिन्।

नयाँ कार्यसमितिमा अध्यक्ष सन्सीसहित उपाध्यक्ष जित बहादुर केसी (अन्तर्राष्ट्रिय पदक विजेता पहिलो नेपाली धावक) र भैरव शाही चयन भए। साथै महासचिवमा किशोर केसी र कोषाध्यक्षमा रन्जन नगरकोटी निर्वाचित भए।

सन् १९९९ मा आठौँ दक्षिण एसियाली खेलकुदको अवसरमा त्रिपुरेश्वरस्थित दशरथ र‌ङ्गशाला परिसरबाट औपचारिक यात्रा सुरु गरेको स‌ङ्ग्रहालयले नेपाली खेलकुदको इतिहास जोगाउने कार्यमा निरन्तर काम गर्दै आएको छ।

राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसँग आबद्ध यो संस्थाले खेल सामग्रीको संरक्षण, खेलाडीहरूको प्रोफाइल निर्माण, परम्परागत खेलको प्रवर्द्धन र खेलकुद सम्बन्धी अनुसन्धान तथा प्रकाशन जस्ता कार्यहरू गर्दै आएको छ।स‌ङ्ग्रहालयको ३२ औं वार्षिकोत्सवको अवसरमा संस्थापक अध्यक्षद्वयको सम्मानमा विशेष कार्यक्रम आयोजना गरिनेछ।

Skip This
Skip This
Logo