काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्समाथि रोमाञ्चक जित हात पारेको छ। कोलकाताको प्रसिद्ध इडेन गार्डेन्स रङ्गशालामा सम्पन्न खेलमा घरेलु टोलीले राजस्थानलाई ४ विकेटले पराजित गर्दै अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाएको हो।
खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनको मध्यम योगफल खडा गरेको थियो।
राजस्थानका लागि युवा ब्याटर वैभव सूर्यवंशीले २८ बलमा ४६ रनको आक्रामक इनिङ खेले भने यशस्वी जयसवालले ३९ रनको योगदान दिए। सिम्रन हेटमायरले १५ रन बनाउनु बाहेक अन्य ब्याटरहरूले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। राजस्थानलाई सस्तैमा रोक्न कोलकाताका स्पिनर वरुण चक्रवर्तीले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए। त्यस्तै कार्तिक त्यागीले ३ र सुनील नरेनले २ विकेट हात पारे।
१५६ रनको लक्ष्य पछ्याएको कोलकाताले १९.४ ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएर जित हासिल गर्यो।
अन्तिम ओभरसम्म पुगेको यो खेलमा रिङ्कु सिंहले पुनः एकपटक आफ्नो फिनिसिङ क्षमता प्रदर्शन गर्दै ३४ बलमा ५३ रनको अविजित अर्धशतकीय इनिङ खेले। उनलाई अनुकुल रोयले १८ बलमा २९ रन बनाएर उत्कृष्ट साथ दिए भने क्यामरुन ग्रीनले १३ बलमा २७ रनको छिटो इनिङ खेल्दै टोलीको जितको आधार तयार पारे।
राजस्थानका तर्फबाट रविन्द्र जडेजाले ३ ओभरमा मात्र ८ रन दिएर २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।































प्रतिक्रिया