मुम्बई। इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई ९९ रनले पराजित गर्दै छैटौं खेलमा दोस्रो जित निकालेको छ।
पहिले ब्याटिङ गरेको मुम्बईले तिलक बर्माको शानदार शतकको मद्दतमा २० ओभरमा ५ विकेट गुमाएर १९९ रन बनाएको थियो। उनले १०१ रनको अविजित पारी खेले।
२०० रनको लक्ष्य पछ्याएको गुजरात भने टिक्न सकेन। टोली १५.५ ओभरमै १०० रनमा अलआउट भयो। मुम्बईका बलर आश्विनी कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। अन्य बलरहरूले पनि राम्रो साथ दिएका थिए।
जितपछि मुम्बई अंक तालिकामा सातौं स्थानमा पुगेको छ भने गुजरात छैटौं स्थानमा छ। प्रतियोगितामा पञ्जाब शीर्ष स्थानमा रहेको छ।





























प्रतिक्रिया