हेमन्त धामीले पहिलो बलमै लिए विकेट

हेमन्त धामीले पहिलो बलमै लिए विकेट

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी–२० आई खेलमा नेपालले टस जितेर फिल्डिङ रोज्दै उत्कृष्ट सुरुवात गरेको छ।

दिपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदान उत्रिएको नेपालले खेलको पहिलो ओभरमै सफलता हात पारेको छ।

नेपालका युवा तीव्र गतिका बलर हेमन्त धामीले आफ्नो पहिलो ओभरको पहिलो बलमै युएईका ओपनर मोहम्मद वासिमलाई डक आउट गर्दै पेभेलियन फर्काएका छन्। धामीले हिजाे राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए, विकेट लिन सकेका थिएनन् ।हाल क्रिजमा अहिले अदिव उस्मानी ६ रन र अलि सान सराफु १ रन बनाएर खेलिरहेका छन्।

यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। आजको नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी (कप्तान), लोकेश बम (विकेटकिपर), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, सन्तोष यादव, हेमन्त धामी र शाहब आलम रहेका छन्।

फ्लडलाइट मुनि भइरहेको यो खेलमा नेपाल युएईलाई कम स्कोरमा रोकेर सिरिजमा बराबरी गर्न चाहन्छ।

Logo