शाहलाई मरणोपरान्त राष्ट्रिय खेलकुद पुरस्कार

शाहलाई मरणोपरान्त राष्ट्रिय खेलकुद पुरस्कार

केन्द्रबिन्दु
27
Shares

पोखरा। पोखरामा स्थापित नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा प्रदान गरिने राष्ट्रिय खेलकुद पुरस्कार यस वर्ष शरद्चन्द्र शाहलाई मरणोपरान्त प्रदान गरिएको छ।

मञ्चको रजत महोत्सव समापन समारोहका अवसरमा शाहका परिवारजनलाई रु एक लाख नगद, पदक र सम्मानपत्र प्रदान गरिएको हो। पुरस्कार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मञ्चका अध्यक्ष दिलबहादुर गुरुङलगायतले संयुक्त रूपमा शाहकी श्रीमती रमा शाह र छोरी मिमोही शाहलाई हस्तान्तरण गरेका थिए।

नेपाली खेलकुद क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदरस्वरूप शाहलाई मरणोपरान्त सम्मान गरिएको मञ्चले जनाएको छ। विसं २०३४ देखि २०४५ सम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवका रूपमा रहेका शाहले राष्ट्रिय तथा दक्षिण एसियाली खेलकुद प्रतियोगिताको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

मञ्चले हरेक दुई वर्षमा राष्ट्रियस्तरको यो पुरस्कार प्रदान गर्दै आएको छ। संस्थापक खड्क रानाभाटद्वारा स्थापना गरिएको यो पुरस्कारले खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।

Logo