काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सविरुद्ध विशाल स्कोर खडा गरेको छ।
दिल्लीस्थित अरुण जेटली रंगशालामा जारी खेलमा निर्धारित २० ओभरमध्ये १९ ओभर ६ बलमा दिल्लीले २ विकेट गुमाउँदै २६४ रन बनाएको छ।
दिल्लीका कप्तान केएल राहुलले करिअरकै उत्कृष्ट इनिङ्स खेल्दै अविजित १५२ रन बनाए। उनले केवल ६७ बलमा १६ चौका र ९ छक्का प्रहार गर्दै मैदान चारैतिर सट प्रहार गरे। राहुलले पारीको अन्तिमसम्म क्रिजमा टिकेर टोलीलाई बलियो स्थितिमा पुर्याए।
राहुललाई नितिश राणाले उत्कृष्ट साथ दिए। राणाले ४४ बलमा ९१ रन बनाउँदै ११ चौका र ४ छक्का प्रहार गरे। दुवैले दोस्रो विकेटका लागि विशाल साझेदारी गर्दै पञ्जाबका बलरलाई पूर्ण दबाबमा राखेका थिए। यसअघि पथुम निसंका ११ रनमा आउट भएका थिए भने डेभिड मिलर ३ रनमा अविजित छन्।
पञ्जाबका लागि अर्शदीप सिंह र जेभियर बार्टलेटले समान १–१ विकेट लिए। अन्य बलरहरू भने महँगा सावित भए।





























प्रतिक्रिया