काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत आज ओमानलाई हराएर बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा उत्रदैछ । नेपाल, ओमान र यूएई सम्मिलित सिरिजको अन्तिम खेलमा नेपालले आज ओमानसँग कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९:३० बजे देखि प्रतिस्पर्धा गर्दैछ ।
जारी प्रतियोगितामा पहिलो खेलमा ओमानसँग नेपालले १०२ रनको रनको फराकिलो हार ब्यहोरेको थियो । त्यसैले यो खेल नेपालको लागि बदला लिने सुनौलो अवसर हो ।
यसैबीच नेपाल क्रिकेट संघ (क्यान)ले आजको खेलको टिकट मूल्य ४०० रुपैयाँ बाट घटाएर २०० रुपैयाँ कायम गरेको छ ।




















