काठमाडौं । आइसिसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताअन्तर्गत ओमानविरुद्ध नेपालका आशिफ शेखले सानदार शतक प्रहार गर्नबाट चुकेका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालका लागि आशिफले ८७ बलमा ९४ रन बनाए पनि उनी शतक प्रहार गर्नबाट चुकेका हुन् । उनलाई नदीम खानले क्याच आउट गराएका हुन् । सो क्रममा उनले ७ चौका र ५ छक्का प्रहार गरेका छन् । आसिफले भीम सार्कीको स्थानमा मौका पाएका हुन् ।
हाल नेपाल ३५ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर १६३ रन बनाएर खेलिरहेको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी र गुल्सन झा रहेका छन् ।
यही वैशाख १२ गतेदेखि सञ्चालन भएको उक्त शृङ्खलाअन्तर्गत ओमानसँगको पहिलो खेलमा भने नेपाल पराजित भएको थियो । त्यस्तै नेपालले युएईसँगको भने दुवै खेल जितिसकेको छ ।
लिग–२ मा २३ खेल खेलेको नेपालको १६ अङ्क छ । अङ्कतालिकामा नेपाल सातौँ स्थानमा छ । त्यस्तै २७ खेल खेलेको ओमान ३१ अङ्कका साथ तेस्रो स्थानमा छ । यता युएई भने २४ खेलमा १४ अङ्कका आठौँ स्थानमा छ ।





























प्रतिक्रिया