आईपीएलमा सनराइजर्स हैदराबादलाई हराउदै गुजरात शीर्षस्थान

आईपीएलमा सनराइजर्स हैदराबादलाई हराउदै गुजरात शीर्षस्थान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सनराइजर्स हैदराबादविरुद्व ८२ रनको सहज जित निकालेको छ । मंगलबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा घरेलु टोली गुजरातले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याएको हैदराबाद १४.५ ओभरमा ८६ रनमै समेटियो ।

यो जीतसँगै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा उक्लिएको छ । गुजरातले प्लेअफ सम्भावनालाई थप बलियो बनाएको छ ।

हैदराबादका कप्तान प्याट कमिन्सले सर्वाधिक १९ रन बनाए । सलिल अरोराले १६, हेनरिक क्लासेनले १४ तथा इशान किशनले ११ रन जोडे ।
गुजरातका कगिसो रबाडा र जेसन होल्डरले तीन विकेट लिए । प्रसिद्व कृष्णाले दुई विकेट हात पार्दा मोहम्मद सिराज र राशिद खानको नाममा एक/एक विकेट रह्यो ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा पाँच विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो । गुजरातका ओपनर साइ सुदर्शनले सर्वाधिक ६१ रनको इनिङ खेले । उनले ४४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । हैदराबादका प्रफुल हिंगे र साकिब हुसेनले समान दुई विकेट लिए । प्याट कमिन्सले एक विकेट हात पारे ।

जारी प्रतियोगितामा गुजरातले १२ खेलमा १६ अंक जोडेको छ । पराजित हैदराबाद समान खेलबाट १४ अंकका साथ तेस्रो स्थानमा छ ।

Logo