सशस्त्र प्रहरीले जित्यो, प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डीको उपाधि

सशस्त्र प्रहरीले जित्यो, प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डीको उपाधि

केन्द्रबिन्दु
9
Shares

ईनरुवा । प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ । सुनसरीको इनरुवास्थित शिक्षा खेल मैदानमा सम्पन्न फाइनलमा नेपाल प्रहरीलाई २०–१७ अङ्कले पराजित गर्दै सशस्त्र प्रहरीले उपाधि जितेको हो ।

प्रतियोगितामा कोसी प्रदेश र त्रिभुवन आर्मी तेस्रो भएको जिल्ला खेलकुद क्लब सुनसरीका अध्यक्ष तरुणकुमार यादवले जानकारी दिए । प्रतियोगितामा पहिलो हुनेले एक लाख र ट्रफी, दोस्रो हुनेले ५० हजार र ट्रफी र तेस्रो हुने दुई वटा टिमलाई २५–२५ हजार, ट्रफी, पदक प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेता टिमलाई कोसी प्रदेश, उद्योग कृषि तथा सहकारी मन्त्री इस्राइल मंसुरीले पुरस्कार वितरण गरे ।

Logo