फिफा विश्वकप २०२६ : बोस्निया एन्ड हर्जगोभिनाको अन्तिम टोली घोषणा

फिफा विश्वकप २०२६ : बोस्निया एन्ड हर्जगोभिनाको अन्तिम टोली घोषणा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ का लागि युरोपेली राष्ट्र बोस्निया एन्ड हर्जगोभिनाका मुख्य प्रशिक्षक सर्जेज बार्बारेजले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।

बोस्नियाले ४० वर्षीय भेट्रान फरवार्ड एडेन जेकोलाई समावेश गरेको छ । जेकोकै उत्कृष्ट प्रदर्शनमा बोस्निया १२ वर्षपछि फिफा विश्वकपमा फर्किएको हो । बोस्नियाले युरोपियन प्लेअफ फाइनलमा चारपटकको च्याम्पियन इटलीलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।

समूह ‘बी’मा बोस्नियासँग सह–आयोजक क्यानडा, स्विट्जरल्यान्ड र कतार छन् । बोस्नियाले जुन १२ मा क्यानडासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । टोलीले जुन १८ मा स्विट्जरल्यान्ड र जुन २४ मा कतारको सामना गर्नेछ ।

बोस्नियाको अन्तिम टोली :
गोलकिपरः निकोला भासिल्ज, मार्टिन ज्लोमिस्लिच, ओस्मान हाडजिक
डिफेन्डरः साद कोसानलिक, अमर डेडिक, निहाद मुजाकिक, निकोला काटिक, तारिक मुहारेमोभिक, स्टेपान राडेजिक, डेनिस हाड्जिकाडुनिक, निदाल सेलिक
मिडफिल्डरः अमिर हाड्जिएहमेटोभिक, इभान सुनजिक, इभान बासिक, डेनिस बुर्निक, एर्मिन माहमिक, बेन्जामिन तिहरोभिक, अमर मेमिक, अर्मिन गिगोभिक
फरवार्डः एडेन जेको, केरिम हल्जबेगोभिक, इस्मिर बाज्राकतारेभिक, एर्मेदिन डेमिरोभिक, जोभो लुकिक, समिद बाज्दर, हरिस ताबाकोभिक

Logo