फिफा विश्वकप- २०२६ : हैटीको टिम घोषणा

फिफा विश्वकप- २०२६ : हैटीको टिम घोषणा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । फिफा विश्वकप- २०२६ का लागि हैटीले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । जुन ११ देपखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने यस विश्वकपमा लेस ग्रेनेडियर्स उपनामले चिनिने हैटीले ५२ वर्ष पछि प्रतिस्पर्धा गर्दैछ ।

हैटीले छनोटको अन्त्यसम्म लड्यो र कन्काकाफ छनोट प्रक्रियाबाट मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकाको अनुपस्थितिको पूर्ण फाइदा उठायो। हैटीले पश्चिम जर्मनीमा १९७४ को प्रतियोगितामा भएको थियो ।

सेबास्टियन मिग्नेको नेतृत्वको टोलीको लागि चुनौती सजिलो हुने छैन। हैटी अत्यन्तै कठिन समूहमा परेको छ। उनीहरूले विश्वकपमा फर्कने अर्को ऐतिहासिक राष्ट्र, स्कटल्याण्ड विरुद्ध सुरुवात गर्नेछन् । त्यसपछि पाँच पटकको विश्व च्याम्पियन ब्राजिलको सामना गर्नेछन् । समूह चरण मोरक्को विरुद्ध समाप्त गर्नेछन् ।

हाइटीको टोली

गोलकिपरहरू : जोनी प्लासाइड, एलेक्जेन्डर पियरे, जोसु डुभरगर

डिफेन्डरहरू: रिकार्डो एडे, कार्लेन्स आर्कस, मार्टिन एक्सपेरिअन्स, जीन-केभिन डुभर्ने, ड्यूक लाक्रोइक्स, विल्गुएन्स पाउगेन, हानेस डेल्क्रोइक्स, कीटो थर्मोन्सी

मिडफिल्डरहरू: लेभर्टन पियरे, कार्ल सेन्टे, जीन-रिकनर बेलेगार्डे, वुडेन्स्की पियरे, डोमिनिक साइमन

फरवार्डहरु : डकेन्स नाजोन, फ्रान्ट्ज्डी पियरोट, लुइसियस डीडसन, रुबेन प्रोभिडेन्स, जोसुए कासिमिर, यासिन फॉर्च्युन, विल्सन इसिडोर, लेनी जोसेफ

Skip This
Skip This
Logo