काठमाडौं । सनराइजर्स हैदराबाद इन्डियनले प्रिमियर लिग (आईपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ । मंगलबार राती चेन्नई सुपर किंग्सविरुद्ध पाँच विकेटको जित निकाल्दै हैदराबादले प्लेअफमा स्थान पक्का गरेको हो । यो जितसँगै गुजरात टाइटन्स पनि प्लेअफमा पुगेको छ ।
सोमबार एमए चिदम्बरम रंगशालामा घरेलु टोली चेन्नईले प्रस्तुत गरेको १८१ रनको लक्ष्य हैदराबादले एक ओभर बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गर्यो । हैदराबादका इशान किसनले ७० रनको इनिङ खेले । उनले ४७ बलमा सात चौका र तीन छक्का प्रहार गरे । हेनरिक क्लासेनले ४७, अभिषेक शर्माले २६, नितिशकुमार रेड्डीले ११ र सलिल अरोराले अविजित १० रन बनाए ।
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८० रनको योगफल तयार पारेको थियो । चेन्नईका डिवाल्ड ब्रेभिसले ४४, कार्तिक शर्माले ३२, सञ्जु स्यामसनले २७ र शिभम दुबेले २६ रन बनाए । कप्तान रुतुराज गायकवाड १५ र उर्भिल पटेल ११ रन बनाएर आउट भए ।
जितसँगै १३ खेलमा १६ अंक जोडेको हैदराबाद तेस्रो स्थानमा छ । चेन्नई समान खेलबाट १२ अंकका साथ छैटौँ स्थानमा छ ।































प्रतिक्रिया