म्यानचेस्टर सिटी बसाइमा पूर्णविराम लगाउदै ग्वार्डिओला

म्यानचेस्टर सिटी बसाइमा पूर्णविराम लगाउदै ग्वार्डिओला

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । एक सफल प्रशिक्षक र व्यवस्थापक पेप ग्वार्डिओलाको कीर्तिमानी १० वर्षको म्यानचेस्टर सिटी बसाइमा पूर्णविराम लाग्दै छ । इंग्लिस मिडियालाई विश्वास गर्ने हो भने उनले म्यानचेस्टर सिटी छोड्दै छन्, यद्यपि क्लब आफैंले यसबारे केही भनेको छैन । यो सिजनको अन्त्यसँगै उनले सिटीबाट बिदाइ लिन लागेका हुन् । सिटीसँग उनको एक वर्षको अनुबन्ध भने बाँकी छ ।

उनको स्थानमा एन्जो मारेस्काले प्रशिक्षक पद सम्हाल्ने विश्वास गरिएको छ । चेल्सीका पूर्वप्रशिक्षक मारेस्का यसअघि ग्वार्डिओलाकै सहायकका रूपमा सिटीमा थिए । सन् २०१६ मा सिटी आएयता ग्वार्डिओलाले १७ ठूला उपाधि जितेका छन् ।

यसक्रममा उनले आफू सिटीमै रहने बताउँदै आएका थिए । सोमबार मात्रै उनलाई यस्तै प्रश्न सोधिएको थियो । यसको जवाफमा उनले भनेका थिए, ‘मैले धेरैपल्ट भनिसकेको छु, सिटीसँग मेरो एक वर्षको अनुबन्ध बाँकी छ ।’ सिटीको १० वर्षको बसाइमा उनी क्लब इतिहासकै सबैभन्दा सफल प्रशिक्षक भएका थिए । उनले यसक्रममा बार्सिलोना र बायर्न म्युनिखमा भन्दा बढी समय बिताएका हुन् ।

सन् २००८ देखि २०१२ सम्म बार्सिलोनामा रहेका ग्वार्डिओलाले सन् २०१३ देखि २०१६ सम्म बायर्न सम्हालेका थिए । उनको सबैभन्दा ठूलो सफलता सन् २०२२–०२३ मा इंग्लिस प्रिमियर लिग, युरोपेली च्याम्पियन्स लिग र एफए कप जित्नु रहेको छ । यसक्रममा सिटीले सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले हात पारेको यस्तै तीन उपाधिको सफलता बराबरी गरेको थियो ।

Logo